TodayPati

धनुषाका बलात्कार आरोपी साह झुम्का जेल चलान

टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।

जिल्ला अदालत धनुषाले सामूहिक बलात्कार घटनाका आरोपीलाई कारागार चलान गरेको छ ।

न्यायाधीश ध्रुवप्रसाद वाँस्कोटाको एकल इजलाशले धनुषाको धनुषाधाम नगरपालिका-२ काशीपुरका २८ वर्षीय श्याम साहलाई पूर्पक्षका लागि सुनसरीस्थित झुम्का कारागार चलान गरेको छ ।

Sponsored

गत जेठ १६ गते अन्दाजी २५ वर्षीया महिलालाई डाँका हाली सरसामान लुटेर बलत्कार थियोे । इलाका प्रहरी कार्यालय धनुषाधामले गत जेठ १७ गते उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले अरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले जरबजस्ती करणी र डाँका मुद्दाको थुनछेक बहसबाट थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धनुषाधाममा पीडितले दिएको उजूरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको थियो । 

Sponsored

धनुषाधाम नगरपालिकास्थित घरमा सुतिरहेको अवस्थामा ०७८ जेष्ठ १६ गते राति आरोपितले सामूहिक बलात्कार गरेको थियो । पीडितका अनुसार चिनजानका आरोपितले घरको ढोका फोडेर घिसार्दै, लच्छारपछार गर्दै घर नजिकैको बारीमा लगेर बलात्कार गरेको थिए । 

अरोपितले पीडितलाई नियन्त्रणमा लिइ डर, धाक, धम्की देखाइ अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिइ करणी गरेका थिए । यो कुरा कसैलाई भन्यो भने ज्यान मार्ने धम्की समेत दिएको थियोे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *