धनुषा र सिरहामा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।
धनुषा र सिरहामा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–७ सुखजोर पुल नजिक सडकमा ट्रक र मोटरसाइकल एकाआपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार ताप्लेजुङ फदिङमा गाउँपालिका बस्ने ४५ वर्षीय अमर लिङदेन र मोटरसाइकल चालक पाँचथर हिल्याङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय सागर लिङ्देन छन् ।
सोमबार बिहान ना३ ख ५१८३ नम्बरको ट्रक र बागमती प्रदेश ०२–०२३ प ६२४० नम्बरको मोटरसाइकल ठोकिँदा एकजनाको लालगढ र अर्का एकजनाको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अमरको मोडेल अस्पताल लालगढमा र सागरको नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाए ।प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Sponsored
त्यस्तै सिरहामा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–१६ बस्ने २२ वर्षीय सुरज गोइत छन् ।
सिरहा नगरपालिका–१३ स्थित सडकमा स१ त ३९७२ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालकको ज्यान गएको सिरहा प्रहरीले जानकारी दिएको छ ।