TodayPati

अब पर्सामा दिनभर पसल खोल्न पाइने

टुडेपाटी-

पर्सा, असार १३ गते ।

कोरोना महामारीको दोस्रो लहरका कारण पर्सामा जारी गरिएको निषेधाज्ञा थप खुकुलो गर्ने निर्णय भएको छ ।

Sponsored

जारी निषेधाज्ञालाई असार २० गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको आइतबार बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई केही परिमार्जनसहित एक साताका लागि थप गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

अहिले जारी गरिएको निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी स्थानीय तहअनुसार आलोपालो मिलाई मानिसको भीडभाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय, निकायले सेवा प्रवाह र कार्य सञ्चालन गर्न पाइने भएको छ ।

Sponsored

त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बजार एवं पसल दिनभर खोल्ने निर्णय समितिले गरेको सीडीओ घिमिरेले बताए । निषेधाज्ञाको समयमा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

होटल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गरी टेक अवे सेवा र होम डेलिभरीको सेवा मात्र गर्ने गरी सञ्चालन गर्न पाइनेछ ।

विवाह, ब्रतबन्ध, नामकरण संस्कारजस्ता कार्यमा बढीमा १५ जनाको उपस्थितिमा आफ्नै घर वा आफू बसेको स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्न सकिनेछ ।

होटल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न, गराउन भने निषेध कायमै रहेको समितिले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *