TodayPati

सर्लाहीमा टिपरले लियो एक युवकको ज्यान

टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।

सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा इश्वरपुर नगरपालिका १३ गौरिशंकर बस्ने रामबृक्ष महतोका छोरा ३० वर्षीय अर्जुन महतो छन् ।

Sponsored

सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसंतपुर मुखिया चौकमा अपराह्न ४ बजे हरिपुर्वा तिर आउँदै गरेको टिपरले विपरीत दिशातिर गइरहेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकललाई ठक्करदिँदा महतोको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् स्थानीयबासिन्दाले टिपरमा आगजी गरी बाटो अबरुद्ध गरेका छन् ।

चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *