सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गयो, विरोधमा सडक अवरुद्ध
टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।
सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा इश्वरपुर नगरपालिका १३ गौरिशंकर बस्ने रामबृक्ष महतोका छोरा ३० वर्षीय अर्जुन महतो छन् ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसंतपुर मुखिया चौकमा अपराह्न ४ बजे हरिपुर्वा तिर आउँदै गरेको टिपरले विपरीत दिशातिर गइरहेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा महतोको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
घटना पश्चात् स्थानिय बासिले टिपरमा आगजी गरी बाटो अबरुध पारेका छन् ।
चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored