TodayPati

महोेत्तरीमा युवाहरुले सडकमै रोपे धान

धर्वेन्द्र कुमार यादव(यदुवंशी)-
महोत्तरी, असार ४ गते ।

महोत्तरीको बलबा नगरपालिका प्रमुख विनोद यादव र वडाअध्यक्ष राजकुमार यादवको विरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् ।

बलबा नगरपालिका वडा नम्बर १० धमौरा बजारबाट ध्रुव कुण्ड तर्फ जाने गाउँको सडक मै युवाहरुले सांकेतिक विरोध स्वरुप धान रोपेका हुन् ।

Sponsored

मेयर र वडा अध्यक्षले बिकासको कामकाज सुस्त गरेको कारण सडक हिलाम्य भएको भन्दै स्थानीय युवाहरु धिरेन्द्र कुमार मण्डल ,आदर्श कर्ण, दीपक कुमार शर्मा लगायतले धान रोपेर विरोध जनाएका हुन् ।


पर्यटन स्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट खर्ज गरे पनि परिक्रमा बस्ने ध्रुव कुण्ड भित्र जाने मुल गेटमै हिलाम्य भएको छ ।

तत्कालै समस्या समाधान नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोध गर्न बाध्य हुने चेतावनी समेत युवाहरुले दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *