प्रदेश २ सहित देशभरको नदी खोलाहरुमा आज पनि बाढीको सम्भावना
टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।
केही दिनयता हिमाली तथा पहाडी क्षेत्रमा परेको भारी वर्षाले नदीहरुमा अझै बाढीको पहिरोको सम्भावना रहेको छ ।
आज पनि प्रदेश २ लगायत देशभरका विभिन्न नदी, खोलामा जोखिमपूर्ण बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान ७ बजे जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरे क्षेत्रका साना नदीमा बहाव बढ्दो हुने सम्भावना छ ।
यस क्रममा ‘केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनानाउन’ महाशाखाले अनुरोध गरेको छ ।