TodayPati

विदेश पठाई दिन्छु भन्दै ठगी गर्ने एजेन्ट फन्दामा

शुभ नारायण यादव-
सप्तरी ,जेठ ३१ गते ।

विदेश पठाई दिन्छु भन्दै झण्डै डेढ लाख रुपैयाँ ठगी गर्ने सप्तरीका एक जना एजेन्ट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको साविक मलेकपुर गाविस–५ हाल बिष्णुपुर गाउँपालिका वडा न.–१ का ४६ वर्षीय ईनरदेव यादव रहेका छन् ।

Sponsored

जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उनको छोरालाई विदेश पठाई दिन्छु भन्दै १ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।
जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा पेश गरिएको थियो । २०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै १ बर्ष कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

सोही लगत्तै फरार रहेका यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । यता पक्राउ परेकालाई अदालतमा पेस गरी कैद भुक्तानको लागि कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।

Sponsored

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *