क्लोथ बैंकलाई नेपाली सेनाद्वारा कोरोना विरुद्वको स्वास्थ्य सामग्री प्रदान
टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।
क्लोथ बैंक नेपाल धनुषालाई नेपाली सेनाले कोभिड–१९ विरुद्वको स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
प्रदेश २ प्रमुख राजेश झा अहिराजको विशेष उपस्थितीमा मण्डी २ सय थान, झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटल साबुन ५ सय पिस र अक्सिमिटर ५० थान उपलब्ध गराएको क्लोथ बैंकका अध्यक्ष राजिव झाले जानकारी दिए ।
सो कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोला, नेपाली सेनाका समारोह श्रब्यदृश्य महाशाखाका प्रा.म.सेनानी ईश्वर कुमार श्रेष्ठ सेनाका महेन्द्रनगर स्थित श्री श्रीनाथ गणका प्रमुख गजेन्द्र रावत धनुषा जनपथ प्रहरी प्रमुख प्रकाश राना भाट,सशस्त्र प्रहरी प्रमुख नरेन्द्र सेन,अनुसन्धान प्रमुख अभिनब सिंह,नेपाली सेनाका क्याप्टेन अनिल यादव जसपा नेपाल नेता के.स. मनोज चौधरी,नेकपा नेता शिव शंकर साह हिरा,संस्थाका उपाध्यक्ष पुरन गुप्ता,सचिव मनिष श्रीओम, लगायतको उपस्थिति रहेको थियो ।