प्रदेश २ : घरको देउताको विषयमा विवाद हुँदा दाईसहित परिवारले कुटेर गरे भाइको हत्या
टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।
घरको देउताको विषयमा विवाद हुँदा महोत्तरीमा दाईका सम्पूर्ण परिवार मिलेर कुटपिट गरी भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरि कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् ।
गएको जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अाचार्यले टुडेपाटीलाई बताए ।
उनका अनुसार लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि घर अन्त्येष्टिको लागि ल्याइएको छ । शुक्रबार राति शव घर ल्याइएको छ ।
लक्ष्मणको मृत्युु भएपछि दाइ रामचन्द्रसहित उनका परिवार फरार भएका छन् । उनीहरुको खोजविन र घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी अाचार्यले बताए ।
स्थानीयहरुले दोषी दाईसहित उनका परिवारमाथि कारबाहीको माग गरेका छन् । अहिले मृतक लक्ष्मणको घरमा भीड लागेको छ ।
Sponsored