देशका यी स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना
टुडेपाटी-
जनकपुरधाम, जेठ २९गते ।
अहिले पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा समेत भईरहेको छ ।
अगामी २४ घण्टामा देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।
यस्तै गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सचेत गराएको छ ।
हाल देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
Sponsored