प्रदेश २ : दाइजो नदिएको भन्दै कुटपिट गर्ने श्रीमान् र ससुरा प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
सर्लाहीमा दाइजो नदिएको भन्दै कुटपिट गर्ने श्रीमान् र ससुरा पक्राउ परेका छन् ।
जिल्लाको हरिपुर्वा नगरपालिका–२ का श्रीमान् जोगनारायण साह र ससुरा अनुपालाई पक्राउ गरेको हो ।
गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षीया अमृता साहको जातीय परम्पराअनुसार जोगनारायणसँग विवाह भएको थियो ।
तर, विवाहको केही समय नबित्दै अमृतालाई दाइजो नदिएको भन्दै श्रीमतीसित उनको घर परिवारका सदस्यले ज्यान मार्ने नियतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
अमृताले दाइजोसम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दाको शीर्षकमा जाहेरी दिएपछि घटनामा संलग्न पीडितकी श्रीमान् र ससुरालाई शुक्रबार पक्राउ गरिएको प्रवक्ता कुँवरले बताए ।
Sponsored