धनुषामा कतै पाँच बालिका डुबेको शोक, कतै परराष्ट्रमन्त्रीको स्वागत उत्सव !
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मीपुरमा शुक्रबार दिउँसो एकैपटक पाँच बालिकाको डुबेर मृत्यु भयो । खेतमा माछापालनको लागि खनिएको पोखरीमा बाख्रा चराउन गएका स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललितको मृत्यु भएको छ ।
यो घटनाले गाउँ नै सो गाउँ लगायत आसपासका गाउँरहरु शोकमा डुबेका छन् । खबर सुन्नेहरु स्तब्ध छन् । घटना पश्चात जनता समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतो, नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि, प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले समाजिक संजल मार्फत दुःख प्रकट गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेका छन् ।
तर, धनुषाको क्षेत्र नं. ४ बाटै निर्वाचित भएर केहिदिन अघि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका घुवीर महासेठको स्वागतमा एमाले ओली पक्षका नेता कार्यकर्ताहरुभने उत्सव मनाउन व्यस्त छन् । गएको शुक्रबार उपप्रधानसहित परारष्ट्र मन्त्री बनेका महासेठ शुक्रबार पहिाले पटक धनुषा आएपछि उनलाईं एमाले ओली पक्षका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । लालगढ, महेन्द्रनगर र जनकपुरमा उनलाई स्वागत गरी नेता कार्यकर्ताले खुसियाली मनाएका हुन् । मन्त्री भएको खुसी महासेठले पनि साटेका छन् ।
यता ८ लाख घुस फालेर फरार बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत शुक्रबार नै घर फर्केका छन् ।
अख्तियारबाट उन्मुक्ति पाएर घर फर्केपछि बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि, एमाले ओली पक्षका नेता तथा कार्यकर्ताहरु भने स्वागतमा उत्सव मनाइरहेका छन् ।
Sponsored