जनकपुरमा चटयाङ् खस्दा रुखको छहारीमा खेलिरहेका दुई बालक गम्भीर
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
जनकपुरमा चटयाङ् खस्दा दुई बालक गम्भीर घाइते भएका छन् ।
गम्भीर हुनेमा जनकपुरधाम उपमहानगरपालिका १ का १४ वर्षका बालक रेहान साफी र १३ वर्षीय बालक मो.शाहिल साफी रहेका छन् ।
शुक्रबार अपराहन्न खेलिरहेको अवस्थामा उपाहानगरपालिका १ पुलचौक (दर्जी महल्ला) स्थित एक पिपलको बोटमा शुक्रवार चटयाङ् खसेको थियो ।
सोहि रुखको छहारीमा खेलीरहेका दुबै बालक गम्भीर घाइते भएका हुन् ।
घाइते दुबै बालकको उपचार जनकपुरको धनुषा अस्पतालमा भइरहेको छ ।
Sponsored