तीन महिनापछि घर आइपुगे घुस काण्डदेखि फरार रहेका बटेश्वर गापा अध्यक्ष राउत
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
८ लाख घुस काण्डपछि फरार धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत घर फर्केका छन् । अख्तियारले पछ्याएपछि ८ लाख रुपैयाँ घुस फालेर फरार भएका अध्यक्ष तीन महिनापछि घर फर्केका हुन् ।
उनी अख्तियारबाट सफाइ पत्र लिएर शुक्रबार अपराहन्न घर आइपुगेका छन् । उनलाई स्वागत गर्न बटेश्वर गाउँपालिका वडा नं. ४ स्थित उनको निवासमा अहिले नेकपा एमाले ओली पक्षका नेता कार्यकर्ताको भीड लागेको छ ।
गएको फागुन १७ गते अख्तियार दुरुपयोेग अनुसन्धा आयोग केन्द्रिय कार्यालय टंगालको टोलिले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुसरकम फालेर भागेका थिए ।
गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो ।
चालकलाई फेरि हाजिर हुने सर्तमा छाडेको थियो । गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए ।
Sponsored