TodayPati

मिथिलानीहरु आज बरसाईत पर्व मनाउँदै

टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।

पति दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज बट सावित्री (बरसाई) पर्व मनाउँदैछन् । जनकपुर लगायत ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बरसाईत पर्व मनाउने गर्छन् ।

बिहीबार बिहानैदेखि जनकपुर तथा ग्रामिणभेगमा रहेको वरको रुखमुनि पुजा गर्न महिलाहरु लाम लागेको छ । कोरोना महामारीमा भएको लकडाउन र संक्रमणको डरले कतिपय महिलाहरु घरमै बरको हाँगा ल्याएर पूजा आजा गर्दैछन् ।

Sponsored

वरको वृक्ष तथा हाँगामा तल रातो पहेलो धागा बेर्दै महिलाहरु पतिको दिर्घायुको कामना गर्ने गर्दछन् ।
बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु बढ्ने जनविश्वास रहि आएको बटेश्वर गाउँपालिका २ की चन्द्रकला देवी महतोले बताइन् ।

धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको बास हुने भएकोले वरको रुखको पूजा गर्ने प्रचलन छ । पौराणिक मान्यता अनुसार ऋषिपुत्री साबित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् ।

केही वर्षअघिसम्म यो पर्व व्रम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँर्दै अएकोमा पछिल्लो समय अन्य समुदायका महिलाहरु पनि आकर्षण बढेको छ । महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ ।

Sponsored

अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने भएको र वरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पुजा गर्ने चलन बसेको बुद्धिजिवीहरुको भनाई छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *