TodayPati

मुम्बईमा चारतल्ले भवन भत्किँदा ११ जनाको मृत्य, ७ जना गम्भीर

एजेन्सी-
भारत, जेठ २७ गते ।

भारी वर्षाको कारण भारतको मुम्बईमा बुधबार राति चार तल्ले घर भत्किँदा ११ जनाको मृत्यु भएको छ । अन्य मानिसहरु पुरिएको आशंका गरिएको आशंका गरिएको छ ।

मुम्बईको मलाड पश्चिम क्षेत्रमा बुधबार राति करिब ११ बजेतिर आवासीय चारतले भवन भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

Sponsored

बृहन्मुम्बई नगरपालिकाका अनुसार मलाडको कलेक्टर कम्पाउन्डमा घर भत्किँदा अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।

डीसीपी साउथ जोन विशाल ठाकुरका अनुसार अहिलेसम्म महिला तथा बच्चा गरी १५ जनाको उद्धार गरिसकिएको छ । भवनले अरू मानिस पनि थिचिएको आशंकामा उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *