प्रदेश २ मा खुल्यो जागिर, लोकसेवाले निकाल्यो उपसचिवसहित २८ जना कर्मचारीको विज्ञापन (सूचनासहित)
टुडेपाटी-
जनकपुरधाम,जेठ २७ गते ।
प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ जना कर्मचारीको लागि विज्ञापन खुला गरेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।
प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।
विभिन्न पदमा खोलिएको विज्ञापन र त्यसको लागि आवश्यक योग्यतासमेत सूचनामा उल्लेख गरिएको छ ।
आयोगले कर्मचारी भर्ना सम्बन्धी जारी गरेको सूचना तल छ ।
Sponsored