नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसीयू कक्ष निर्माण
टुडेपाटी-
वीरगञ्ज, जेठ २४ गते ।
वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) निर्माण गरेको छ । तेस्रो लहरको कोरोना आउन सक्ने आँकलन गर्दै संघले २५ लाखको लागतमा बालबालिका लक्षित पीआईसीयू कक्ष निर्माण गरेको हो ।
कुल ३० शय्याको पीआईसीयू कक्ष निर्माण सम्पन्न गरी संघले आइतबार अस्पताललाई हस्तान्तरण गरेको छ । अक्सिजन पाइप जडान गर्न बाँकी रहेको कक्षमा संघले नै चारवटा एसी पनि जडान गरिदिएको छ ।
नारायणी अस्पतालमा कोरोना संक्रमितका लागि कुल १२५ शय्या मात्र थिए । तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुन सक्ने आँकलन गर्दै संघले अस्पतालकै माथिल्लो तलामा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) कक्ष बनाइदिएको संघका अध्यक्ष सुवोध गुप्ताले जानकारी दिए ।
यो पीआईसीयू कक्ष निर्माणमा वीरगञ्ज उद्योग वाणिज्य संघ र केही उद्योगी व्यवसायीको व्यक्तिगत सहयोग पनि रहेको संघका अध्यक्ष गुप्ताले बताए ।
Sponsored