TodayPati

रौतहटमा भिडभाड नगर्न आग्रह गर्दा स्थानीय र प्रहरीबीच झडप, डीएसपीसहित ७ प्रहरी घाइते

टुडेपाटी-
रौतहट, जेठ २४ गते ।

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित सातजना प्रहरीहरु घाइते भएका छन् ।
प्रहरीले भिडभाड नगर्न आग्रह गर्दा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

गरुडा नगरपालिका वडा नम्बर २ गेडही गुठी टोलमा आइतबार राति भएको झडपमा परी प्रहरीहरु घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवम प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेसहित अन्य ६ जना प्रहरीहरु घाइते भएको रौतहटका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए ।

Sponsored

घाइते भएका डिएसपी घिमिरेको टाउकोमा चोट लागेको छ । जिल्लामा जारी गरिएको निषेधाज्ञाको समयमा गेडही गुठी टोलमा बिहेमा आएका जन्ती र स्थानीयबासी ठूलो संख्यामा जम्मा भएर नाचगान गरिरहेको बेलामा प्रहरी पुगेको थियो ।

स्थानीयबासीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय तीनजना नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *