चौधरी ग्रुपको बियर उद्योगमा भीषण आगलागी, आगो नियन्त्रणबाहिर
टुडेपाटी-
नवलपरासी, जेठ १९ गते ।
चौधरी ग्रुपले सञ्चालन गरेको नवलपरासी पूर्वस्थित बियर उद्योगमा भीषण आगलागी भएको छ ।
देवचुली नगरपालिका २ स्थित रजरमा रहेको उद्योगको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।
प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिए ।
आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।
Sponsored