TodayPati

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय, खाद्यान्न र किराना पसल खुल्ने

टुडेपाटी-

काठमाडौं, जेठ १९ गते ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थपिएको छ ।

Sponsored

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले केही क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको पनि जानकारी दिए । ‘जेठ ३१ सम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ,’उनले भने,‘अहिले बन्द रहेका खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोरहरू जेठ २१ गतेदेखि बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।’

विकास निर्माण कार्यका हकमा सिमित कामदार राखेर काम गर्न दिने निर्णय पनि गरेको उनले बताए। उनका अनुसार रातिको समयमा निर्माण सामग्री पनि ओसारपसार गर्न दिने निर्णय भएको छ । यसअघि जेठ १४ गते एक साताका लागि जारी निषेधाज्ञा बिहीबार राति सकिँदै छ । 

Sponsored

उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *