TodayPati

सप्तरीमा निषेधाज्ञा अवज्ञा गर्दै पसल खोल्ने १३ व्यवसायी पक्राउ

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

सप्तरीमा निषेधाज्ञा उलंघन गर्दै पसल संचालन गर्ने १३ जना व्यवसायी पक्राउ परेका छन् ।

राजविराज लगायत जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

कोरोना रोकथाम, नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको निषेधाज्ञालाइ उलंघन गर्दै पसल संचालन गरेकोले उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरु राजबिराज एरियाका किराना पसल, कस्मेटिक पसल, मोबाईल पसल, कपडा पसल, फलफुल लगायतका पसल संचालकहरु छन् ।

उनीहरुलाई कोभिड–१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराएर जरिवाना गिराई छाडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *