TodayPati

कमला नदीमा बनाइएको बाँधको भुक्तानी नपाएपछि उपभोक्ता समितिहरु आन्दोलित

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा बाढी नियन्त्रणका लागि निर्माण गरिएको बाँधको भुक्तानी नपाएपछि उपभोक्ता समितिहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार कमला नदी नियन्त्रण आयोजना कार्यालयको अगाडि निर्माण काम सम्पन्न भइसकेकाले भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरु धर्नामा बसेका हुन् ।

उक्त कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुले गुनासो गरे ।

Sponsored

उपभोक्ता समितिले काम सम्पन्न गरे पनि सो कार्यालयले भुक्तानी गर्न नमान्दा आफूहरु बाध्य भएर धर्नामा बस्नु परेको एक उपभोक्ता समितिका अध्यक्ष पुष्पेन्द्र कुसियतले बताए ।

बिना करार उक्त कार्यालयले दिएको कार्यादेशको भरमा आफूहरुले काम गरेकाले भुक्तानीबारे अन्योल अवस्था सिर्जना भएको उनले बताए । कमला नदीका कारण आउने बाढीको जोखिम न्यूनीकरणका लागि तीनवटा जिल्लाको विभिन्न स्थानमा तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका कार्य उपभोक्ता समितिमार्फत गरिएको छ ।

ढिलागरी कार्यक्रम स्वीकृत भएकाले भुक्तानीमा समस्या भएको कार्यालय प्रमुख एकराज भट्टराई बताउँछन् । उनका अनुसार अर्थ मन्त्रालयले ढिलो गरेर कार्यक्रमको स्वीकृति दिएका कारण भुक्तानीमा समेत ढिलाइ भएको हो ।

Sponsored

जलश्रोत तथा सिंचाई विभाग र ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले माघ महिनामै कार्यक्रम स्वीकृतिका लागि भने पनि वैशाख १० गते मात्रै अर्थ मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएकाले भुक्तानीका लागि केही समय अझै कुर्नुपर्ने स्थिति रहेको उनले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *