TodayPati

आज थप ६ हजार ८९८ जना कोभिड संक्रमित निको, ६८ जनाको मात्रै मृत्यु

टुडेपाटी-

जनकपुरधाम, जेठ १८ गते ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

Sponsored

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार १६५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित भएका हुन् ।

आज ६ हजार ८९८ संक्रमित निको भएका छन् । देशभर १ लाख ४ हजार ७८९ संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, आज ६८ संक्रमितको कोरोनाबाट मृत्यु भएको छ ।

Sponsored

अहिलेसम्म ३० लाख ७४ हजार ५७१ जनाको पीसीआर परीक्षण गर्दा ५ लाख ६६ हजार ५८७ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । निको हुने दर ८०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट ७ हजार ४५४ जनाको मृत्यु भएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *