TodayPati

कोरोना संक्रमणबाट निधन कलाकार सदाको परिवारलाई विदेशबाट युवाहरुले गरे ७२ हजार रुपैयाँ सहयोग

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाएका सिरहाको गोलबजार नगरपालिकाका कलाकार तथा समाजिक अभियन्ता गुशरण सदाका परिवारलाई वैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

खाडी मुलुक साउदीको जुबेल एरिया कैम्प मरजानस्थित नासर अल हाजरी कम्पनीमा कार्यरत नेपाली युवाहरुको समुहले उनका परिवारलाई ७२ हजार ३ सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।

Sponsored

सो रकम पत्रकार तथा मगही भाषा अभियन्ता फुलगेन महतोले सोमबार गुरुशरणकी पत्नी शान्ति सदालाई हस्तान्तरण गरेको हो ।

गुरुशरण परिवारलाई सहयोग गर्नका लागि पत्रकार तथा अभियन्ता महतोले प्रदीप महतो र विनय महतोलाई चन्दा संकलन गरिदिन गुहार गरेपछि महतोले नासर अल हजारी कम्पनीमा कार्यरत सियाशरण सिंह, बिकु यादव, बुधन साह, श्याम महरा, रामबाबु यादव, रामप्रगास दास, लालबाबु महतो लगायतका युवाहरुबाट चन्दा संकलन गरी प्रदीप महतो र विनय महतोले मगही मार्फत रकम पठाएका थिए ।

संकलन रकम फुलगेन मगही र हिमालय युवा क्लवका अध्यक्ष अरुणकुमार महतोले सदाको घरमा गएर शान्ति सदालाई हस्तान्तरण गरेका हुन् ।

Sponsored

यसअघि समेत फुलगेन मगहीले सदा परिवारलाई समाजिक संजालको माध्यबाट ४९ हजार ३२७ रुपैयाँ चन्दा संकलन गरी सहयोग गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *