TodayPati

जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता निकालिए

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । 

निष्कासनमा पर्नेहरूमा राजेन्द्र महतो, सर्वेनन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।
मंगलबार बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्कासन गरेको नेता इस्तियाक राईले जानकारी दिए ।

Sponsored

‘पार्टीले हिजै निष्कासन गरेको हो । मंगलबार हामीले निर्वाचन आयोगमा समेत पत्र पठाएका छौँ,’ नेता राईले भने ।

ठाकुर पक्ष अोलीलाई संसद विघटन गर्न सघाएपछि यादव पक्षले पहिलोपटक तीनदिने र पछि एकदिने अल्टिमेटमसहित ठाकुरलगायत चारैजना नेतालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

महन्थले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेका छन्।

Sponsored

२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकता भएको थियो। चार नेता निष्काशित गरेपछि जसपा औपचारिक रुपमा विभाजन भएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *