TodayPati

रेडक्रसद्वारा सप्तरीका सिडियोलाइ स्वास्थ्य सामग्री हस्तान्तरण

शुभ नारायण यादव-
सप्तरी, जेठ १८ गते ।

सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई रेडक्रश शाखा सप्तरीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

रेडक्रस प्रदेश २ का महासचिव चन्द्रेश्वर मण्डलले सहयोग गरेका १० हजार सर्जिकल माक्र्स तथा ५० वटा पिपि एक कार्यक्रममा बिच हस्तान्तरण गरेका हुन् ।

Sponsored

सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रेडक्रसका प्रदेश २ का चन्देश्वर मण्डल , रेडक्रस शाखा सप्तरीका ब्रमदेव यादव , कोभिडका फोकल पर्सन प्रशान्त थापा , रेडक्रसका प्रदेश २ का गोदाम अधिकृत सुदर्शन श्रेष्ठ लगायतकाहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै रेडक्रस प्रदेश २ का महासचिव चन्देश्वर मण्डलले रेडक्रस शाखा सप्तरिलाइ २३ हजार सर्जिकल माक्स ,केएन ९५ मास्क १ हजार र २० वटा पीपीई समेत हस्तान्तरण गरेको रेडक्रसका ब्रमदेव यादवले जानकारी दिनुभयो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *