TodayPati

सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्ने

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा ती विद्यालयमा इन्टरनेट सेवा जडान गर्ने तयारी थालेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ । सूचना अनुसार विनाशकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा र काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने जनाइएको छ । सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *