TodayPati

सांसद डा.रीना यादवले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको एम्बुलेन्स फिर्ता गरिन्

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

प्रदेशसभा सदस्य डा. रीना यादवले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको एम्बुलेन्स फिर्ता गरेकी छन् ।

सम्सी गाँउपालिकाको पोखरभिण्डा स्वास्थ्य चौकीको लागि भारतीय दुतावासले गत बर्ष प्रदान गरेको ना २ च २५८ नम्बरको एम्बुलेन्स प्रदेश सांसद यादवले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएकी थिइन् ।

Sponsored

उनले व्यक्तिगत रुपमा प्रयोग गरिरहेको कुरा संचारमाध्यममा सार्वजनिक भएपछि चर्को आलोचा हुँदा सोमबार एम्बुलेन्स फिर्ता गरेकी हुन् ।
त्यसअघि पटक पटक उनलाई एम्बुलेन्स जिम्मा लगाउन पत्राचार गरेपनि सांसद यादव अटेर गर्दै आएकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *