सर्लाहीमा निषेधाज्ञा एकसाता थप
टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।
सर्लाहीमा एकसाता निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जेठ १७ गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई जेठ २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
कोरोना संक्रमण यथावत् रहेकाले निषेधाज्ञाको समय थप गरिएको प्रशासनले जनाएको छ ।
Sponsored