TodayPati

यसवर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय

टुडेपाटी-
काठमाडौं, जेठ १७ गते ।

सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

Sponsored

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बैठकमा सो प्रस्ताव पेश गरेका थिए ।

कोरोना महामारी झन बढ्दै गएकाले बैठकले सो प्रस्ताव पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका हुन् ।

Sponsored

गत वर्षपनि कोरोना महामारीको कारण एसईई परीक्षा अान्तरिक मूल्यांकनबाट गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *