TodayPati

प्रदेश २ : मकैबारी वरिपरि नाङ्गो तारमा करेन्ट प्रवाह हुँदा एक महिलाको ज्यान गयो, दुईजना पक्राउ

टुडेपाटी-
रौतहट, जेठ १७ गते ।

रौतहटमा मकैबारी वरिपरि नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा परोहा नगरपालिका-४ की २२ वर्षीया गुडियादेवी पासवान छन् ।

आइतबार राति गुडियादेवी घरबाट उतरतर्फ शौच गर्न गएको बेलामा मकैबारीको वरिपरि नजिकै रहेको विजुलीको पोलबाट नाङ्गो तार जडान गरी बाँसको भाटामा अल्झाइ छोडिएको थियो । सोही तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

मकैबारीको वरिपरि नाङ्गो तार जडान गरी करेन्ट प्रवाह गर्ने सोही स्थानका ६० वर्षीय तीलाई राय यादव र ४८ वर्षीय राम विनय रायलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गराइ हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *