TodayPati

जसपा उपेन्द्र पक्षद्वारा प्रदेश २ मा आन्दोलनको घोषणा

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले प्रदेश २ मा आन्दोलनको घोषणा गरेको छ ।

जसपा प्रदेश २ समितिका पदाधिकारी तथा आठवटै जिल्लाका अध्यक्षहरुको सोमबारको भर्चुअल बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

Sponsored

बैठक पश्चात आठवटै जिल्ला अध्यक्षहरुलाई सोमबार नै आन्दोलनका लागि पत्राचार गरिएको छ ।
जेठ १८ गते मंगलबार साँझ ५ बजे सबै पालिका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको जनाएको छ ।

यस्तै आन्दोलन गर्दा सम्भवन भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला अध्यक्षहरुलाई पत्र मार्फत निर्देशन दिइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *