TodayPati

देशभर थप ४७६२ मा कोरोना पुष्टि, ६४९१ जना मुक्त

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

पछिल्लो २४ घण्टामा देशभर थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sponsored

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने सक्रिय संक्रमित १ लाख ६ हजार ४७० जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ११४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *