TodayPati

सर्लाहीका माओवादी नेता कुशवाहाको कोरोना संक्रमणबाट निधन

टुडेपाटी-
सर्लाही, जेठ १७ गते ।

नेकपा माओवादी केन्द्र सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोनाका कारण मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका ३ डाबरी ढापटोल निवासी करिब ४२ वर्षीय कुशवाहाको आइतबार राति काठमाडौंस्थित टिचिङ अस्पतालमा भेण्टीलेटरमा उपचारकै क्रममा मृत्यु भएको हो ।

Sponsored

माओवादी सर्लाहीका जिल्ला सदस्य तथा भातृ संगठन मधेशी मुक्ति मोर्चा सर्लाहीका अध्यक्षसमेत रहेका कुशवाहा भेटनरी प्राविधिकसमेत हुन् ।

दुई साताअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको लागि उनी सुरुमा हरिवनस्थित स्वाभिमान अस्पतालमा भर्ना भएका थिए । त्यसपछि हरिवनकै नमूना अस्पतालमा उपचार गराएका उनी स्वास्थ्यमा सुधार नभएपछि उपचारको लागि चितवन गएका थिए ।

चितवनमा पनि ठिक नभएपछि उनलाई काठमाडौं लगिएको थियो । सुरुमा केएमसी अस्पतालमा उपचार गरेपछि उनलाई पछि टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा पुर्याएपछि उनको स्वास्थ्य थप जटिल बनेको थियो । एक सातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

Sponsored

कुशवाहाका आमाबुवा, पत्नी, दुई छोरा र एक छोरी छन् । उनको शव सर्लाही ल्याउन नेपाली सेनासँग समन्वय भइरहेको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *