TodayPati

कोरोना कहर : धनुषामा चौथोपटक जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै धनुषामा चौथो पटक निषेधाज्ञा लम्ब्याइएको छ । जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । 

Sponsored

जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *