TodayPati

गस्तीको क्रममा ‘दारु भट्टी’ बाट मदिरा चोरेर लग्ने लहानका असईसहित तीन प्रहरी निलम्बनमा

टुडेपाटी-
सिरहा, जेठ १७ गते ।

सिरहामा नेपाल प्रहरीका असईसहित तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी असई नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका हुन् ।

Sponsored

उनीहरूमाथि गस्तीको क्रममा मदिरा पसलबाट मदिरा चोरी गरेर लगेको आरोप छ । गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए ।

पसल सञ्चालक भागेपछि पसल खाली रहेको अवस्थामा पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए । प्रहरीले मदिरा चोरेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीको आलोचना हुँदा उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम आजकै मितिबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *