TodayPati

सप्तरीबाट भारु झण्डै २ लाख रुपैयाँसहित एक युवक पक्राउ

टुडेपाटी-
सप्तरी, जेठ १७ गते ।

सप्तरी प्रहरीले झण्डै २ लाख भारु रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ५ बस्ने २० वर्षीय दिपक कुमार मण्डल रहेका छन् ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा आइतबार बिहान हनुमाननगर कंकालनी नगरपालिका १४ बेरीयाघाट स्थित खानतलासीको क्रममा उनको साथबाट अवैध १ लाख ९८ हजार ४४० भारतीय रुपैयाँ बरामद भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए ।

Sponsored

पक्राउ परेका युवक मण्डललाई रकमसहित आवश्यक कारबाहीको लागि राजविराज भंसार कार्यालय तिलाठीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *