TodayPati

काथा : हजाम र नेता जी !

लकडाउन खुकुलो हुने वित्तिकै एकजना फूल बेच्ने मानिस एकजना कपाल काट्ने हजामकहाँ पुग्यो र कपाल कटायो । काटिसकेपछि फूल बेच्ने मानिसले हजामलाई पैसा सोध्यो । हजामले भन्यो कि यो हप्ता उ सामाजिक सेवा गर्दैछ र आफ्नो कामको पैसा लिदैन । फूलवाला खुसी भएर घर फर्क्यो ।

दोश्रो दिन विहान हजाम आफ्नो पसल खोल्न पुगेको थियो पसल बाहिर धन्यवाद लेखिएको एउटा पत्र र केही फूलहरु थिए । त्यही दिन एकजना तरकारी पसले कपाल काट्ने हजामकहाँ पुग्यो र कपाल कटायो । काटिसकेपछि तरकारी पसलेले हजामलाई पैसा सोध्यो । हजामले भन्यो कि यो हप्ता उ सामाजिक सेवा गर्दैछ र आफ्नो कामको पैसा लिदैन । तरकारी पसले खुसी भएर घर फर्क्यो ।

तेश्रो दिन विहान हजाम आफ्नो पसल खोल्न पुगेको थियो पसल बाहिर धन्यवाद लेखिएको एउटा पत्र र केही तरकारी थियाे ।
अर्का दिन एकजना बेरोजगार कपाल काट्ने हजामकहाँ पुग्यो र कपाल कटायो । काटिसकेपछि उसले हजामलाई पैसा सोध्यो । हजामले भन्यो कि यो हप्ता उ सामाजिक सेवा गर्दैछ र आफ्नो कामको पैसा लिदैन । बेरोजगार खुसी भयो ।

Sponsored

अर्का दिन हजाम पसल खोल्न जाँदा पसल बाहिर धन्यवाद लेखिएको पत्र थियो र पसल बाहिर कसैले बढारीदिएको थियो ।
त्यसदिन एकजना नेताजी कपाल काट्न पुगे । कपाल काटिसकेपछि अरुले जस्तै उनले पनि पैसा सोधे । हजामले भन्यो कि यो हप्ता उ सामाजिक सेवा गर्दैछ र आफ्नो कामको पैसा लिदैन । नेताजी खुसी भएर घर फर्के ।

अर्कादिन जब हजाम पसल खोल्न पुग्यो । अचम्म थियो । पसल बाहिर हिजोको नेताजी भेटिए र सँगै अरु ८ जना नेताजी हरुपनि कपाल काट्न जम्मा भएका थिए ।

कथा : समाजिक सञ्जालबाट

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *