TodayPati

सर्लाहीमा सदा थरकी युवतीसंग यादव थरका युवकले गरे प्रेम विवाह, तल्लो जात भन्दै गोठमा बास

रासस-
सर्लाही, जेठ १६ गते ।

सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती यौन शोषणको शिकार भएकी छन्। विष्णु–७ दुलबाका शिवा राय यादवसँग भागी विवाह गरेकी युवती यौन हिंसाको सिकार भएकी हुन् ।

गत वैशाख ५ गते सर्लाहीबाट भागेर बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले युवतीलाई आफ्नो घरमा भित्र्याउन नमानेका हुन् । युवती दलित समुदायकी भएको कारण युवकले आफ्नो घर भित्र्याउन अस्वीकार गरेका स्थानीयको भनाई छ ।

Sponsored

युवक र युवतीले आपसी सल्लाहमा भागी विवाह गरी २० दिनसम्म सँगै बसेका थिए । २० दिनपछि गाउँ फर्किएका युवकले ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन्। आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीको भनाई छ ।

शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको पाइएको छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेका सर्लाहीका दलित अगुवा महेश पासवानले जानकारी दिए ।

Sponsored

‘जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो’, अर्का दलित अगुवा राजेश पासवानले भने। भागेर २० दिनसम्म सँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न किन नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे। ‘दलितका छोरीको जवानी चल्ने तर पानी नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक छ,’ उनले भने ।

उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाही गर्नसमेत माग गरेका छन् । युवतीले पनि युवकविरुद्ध किटानी जाहेरी दिएकी छन् । पीडित युवतीबाट किटानी जाहेरी परेकाले प्रचलित कानूनअनुसार युवकलाई पक्राउ गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

प्रदेश नम्बर २ का अधिकांश जिल्लामा जातीय, धार्मिक र वर्गीय आधारमा हुने विभेदका घटना निरन्तर घटिरहेका मानवअधिकारवादी मुकेश मिश्रले बताए। रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *