TodayPati

प्रदेश २ मा ४०८ जना कोरोना संक्रमणमुक्त, २४१ जना नयाँ संक्रमित थपिए

टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २१ हजार २ सय ३३ पुगेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवका अनुसार आइतवार धनुषाका सबैभन्दा बढी ३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन् ।

Sponsored

त्यस्तै, पर्साका २०, महोत्तरीका १२, रौतहटका ८, बाराका ७, सिरहाका ५ र सर्लाहीका २ जना कोरोना संक्रमित निको भएको उनले बताए ।

हाल प्रदेशमा १० हजार ४ सय ६९ जना कोरोनाको सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ९ हजार ९ सय १ जना होम आइसोलेसनमा छन् भने ५ सय ६८ जना प्रदेशको विभिन्न अस्पतालमा उपचाररत छन् ।

घट्दै नयाँ संक्रमितको संख्या

Sponsored

त्यस्तै आज प्रदेश २ मा थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८३ महिला र १ सय ५८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइतबार धनुषामा ९३, बारामा ४६, सिरहामा ४१, सप्तरीमा २१, रौतहटमा १९, महोत्तरीमा ७, पर्सामा ७, सर्लाहीमा २ र अन्य प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमित हुनेको संख्या ३२ हजार ३ सय ७२ पुगेको छ । कोरोनाबाट हालसम्म ६ सय ७० जनाको मृत्यु भएको निर्देशनालयका डाक्टर यादवले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *