TodayPati

महोत्तरीमा खाल्डोमा डुबेर दाजुभाईको ज्यान गयो

टुडेपाटी-
महोत्तरी, जेठ १६ गते ।

महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ ।

ज्यान जानेमा रामगोपालपुर नगरपालिका –९ गोठबनौलि बस्ने रामकरण मणडलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

Sponsored

घर नजिकै रहेको एमपीएस इटा उधोगले इटा बनाउन माटो झिकेको खाल्डोमा शनिबार दाजुभाई डुबेका थिए । दुबै बालकको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *