TodayPati

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

टुडेपाटी-
काठमाडौं, जेठ १५ गते ।

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ ।

संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड रहेको  अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

Sponsored

यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिएको छ ।  त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ । 

प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री पाैडेलले जानकारी दिए । 

Sponsored

यसमध्ये ३ खर्ब २५ अर्ब ७४ करोड अर्थात ८२.२ प्रतिशत प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ प्रदान गरिने छ । भने ६० अर्ब ९७ करोड  अर्थात १५.८ प्रतिशत समानीकरण अनुदानतर्फ खर्च हुनेछ ।

चुनाव घोषणा गरेको सरकारले लोकप्रिय एवं वितरणमुखी बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ अपुग देखिएको छ ।  

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *