TodayPati

प्रदेश २ सरकारले किन्यो ९ वटा बारुण यन्त्र

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेश २ मा अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर अभाव भएर संक्रमितले ज्यान गुमाइरहेको बेला आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा बारुण यन्त्र खरिद गरेको हो ।

आठवटा जिल्ला प्रशासन कार्यालयलाई र एउटा प्रदेश प्रहरीका लागि गरी ९ वटा बारुण यन्त्र खरिद गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए ।

Sponsored

May be an image of outdoors

एउटा बारुणयन्त्रको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको मन्त्रालयले जनाएको छ । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम आइसकेको छ ।

कोरोना कहर र वर्षाको बेला बारुणयन्त्र खरिद गरेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुन थालेको छ ।
यसअघि प्रदेश सरकारले ८ महिना अघि प्रदेश भरि संचालन गर्न खरिद गरेको ५ वटा बसहालसम्म चल्न ढल्केबरमा थन्किएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *