TodayPati

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर, जेठ २१ गते पेशी

टुडेपाटी-
काठमाडौं, जेठ १३ गते ।

राष्ट्रपतिद्वारा जारी नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विष्णुकुमार गिरीले राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । 

बिहीबार दायर गरेको रिटको पेशी जेठ २१ गतेका लागि तोकिएको छ । अधिवक्ता गिरीले पेशीका लागि जेठ २१ गते बिहान १० बजेका लागि बोलाइएको जानकारी दिए । रिटमा परमादेशको माग गरिएको छ । 

प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी हुन् । त्यसको चौतर्फी विरोध भइराखेका बेला सर्वोच्च अदालतमा त्यसविरुद्ध रिट परेको हो ।

Sponsored

जेठ ९ गते राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । प्रतिनिधिसभा भंग भएपछि संसदलाई छलेर अध्यादेश आएको भन्दै यसको विरोध भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *