TodayPati

प्रदेश २ : तेल ट्यांकरमा लागूऔषध तस्करी गर्ने चालक र सहचालक २ क्विन्टल गाँजासहित पक्राउ

टुडेपाटी-
बारा, जेठ १३ गते ।

बारामा निषेधाज्ञाको मौका छोपी तेल ट्यांकरमा लुकाएर गाँजा तस्करी गर्ने ट्यांकर चालक र सहचालक सवा २ क्विन्टल गाँजासहित पक्राउ परेका छन् ।

प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले उनीहरूलाई जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित महमद आलम साहको रामरहिम ग्यारेजमा ट्यांकरभित्र लुकाएर राखिएको गाँजासहित पक्राउ गरेको हो ।

Sponsored

पक्राउ पर्नेमा ट्यांकर चालक महोत्तरी बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरि तथा सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी छन् ।

उनीहरूले काठमाडौँबाट भारतको बरौनीमा तेल जाने क्रममा ना४ ख २९७९ नम्बरको खाली ट्यांकरमा गाँजा तस्कर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले खाली तेल ट्यांकर चेकजाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र रातो प्लास्टिकमा पोका बनाई राखेको २ क्विन्टल १८ केजी गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Sponsored

पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *