TodayPati

रौतहटमा तेस्रोपटक जेठ १९ गतेसम्मका लागि निषेधाज्ञा जारी

टुडेपाटी-
रौतहट, जेठ १३ गते ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि रौतहटमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक सूचना जारी गरी बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी अगामी जेठ  १९ गते रातिसम्म  निषेधाज्ञा जारी गरेको हो ।

रौतहटका सीडीओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

Sponsored

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *