TodayPati

सिरहामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या २९ पुग्यो

टुडेपाटी-

सिरहा, जेठ १३ गते ।

सिरहामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न अस्पतालमा उपचाररत सिरहाका थप चार पुरुष र एक महिलासहित पाँच जनाको मृत्यु भएको हो ।

Sponsored

ज्यान जानेमा कर्जन्हा ६ का ५० वर्षीय महिला, नवारजपुर १ का ४९ वर्षीय पुरुष, भगवपुर २ का ५४ वर्षीय पुरुष, अर्नमा १ का ३५ वर्षीय पुरुष तथा लहान ८ का ५९ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

यससँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा मृत्यु हुनेको २९ पुगेको छ । हालसम्म जिल्लामा दुई हजार ८ सय ३४ जनाको परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये अहिलेसम्म ३ सय १ जना निको भइसकेका छन् । जिल्लामा हालको संक्रमित संख्या ५ सय १४ रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *