TodayPati

सर्लाहीबाट लागूऔषधसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा

टुडेपाटी-
सर्लाही, जेठ १२ गते ।

सर्लाहीबाट लागुऔषधसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोदकुमार महतो छन् ।

ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषधसहित महतोलाई पक्राउ गरेको हो ।

Sponsored

पक्राउ परेका महतोको साथबाट सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १२० बोतल लागूऔषध सिरफ बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गरेको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *